गण्डकी प्रदेशको पहिलो जित, कर्णाली प्रदेश ४४ रनले पराजित

काठमाडाैं | पुस ६, २०८०

गण्डकी प्रदेशको पहिलो जित, कर्णाली प्रदेश ४४ रनले पराजित

काठमाडौं:    प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।


आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहोराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चौधरीले २ विकेट लिइन् ।


यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओ‌भरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्योत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए ।


यो जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णाली लगातार दोस्रो हारसहित तालिकाको पुछारमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्